खेलकुद

पाकिस्तानमाथि श्रीलंकाको शानदार जित

काठमाडौँ । जारी एशिया कप अन्तर्गत सुपर फोरको अन्तिम खेलमा श्रीलंकाले पाकिस्तानमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा श्रीलंकाले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो ।

पाकिस्तानले दिएको १२२ रनको कम लक्ष्य पछयाएको श्रीलंकाले १७ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पाकिस्तानले १९.१ ओभरमा अलआउट हुदै केवल १२१ रन बनाएको थियो ।

योसँगै एशिया कपको सुपर फोर अन्तर्गतका खेल सकिएका छन् । अब फाइनल खेल श्रीलंका र पाकिस्तानबीच नै आगामी आइतबार हुने छ ।

सुपर फोरमा श्रीलंकाले आफ्ना तिनै खेल जितेको छ । जसमा अफगानिस्तानलाई ४ विकेटले पराजित गरेको थियो भने भारतलाई ६ विकेटले पारजित गरेको थियो ।

त्यस्तै पाकिस्तानले आफ्ना दुई खेल जितेर फाइनलमा पुगेको छ । पाकिस्तानले भारतविरुद्ध ५ विकेटको जित निकालेको थियो भने अफगानिस्तानविरुद्ध एक विकेटले जितेको थियो ।

सुपर फोरमा भारतले एक जित हासिल गर्यो भने अफगानिस्तान जित विहिन बनेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *