समाचार

एसिया कपमा भारतको सान्त्वना जीत, कोहलीले बनाए पहिलो शतक

काठमाडौं । एसिया कपको आफ्नो अन्तिम खेलमा भारतले अफगानिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

अन्तिम खेलमा अफगानिस्तानलाई १ सय १ रनले पराजित गर्दै भारतले सान्त्वना जित निकालेको हो । विराट कोहलीको नटआउट १२२ रनको योगदानको मद्धतमा २१३ रनको लक्ष्य भिारतले दिएको थियो । कोहलीले टि–२० अन्तराष्ट्रियमा पहिलो शतक बनाएका हुन् । भारतका लागि केएल राहुलले ६२ रन बनाए ।

जवाफी व्याटिङ शुरु गरेको अफगानिस्तानले बिर्सनलायक प्रदर्शन गरेको हो । अफगानिस्तानका ३ जना व्याट्सम्यान शुन्य रनमा आउट भएपनि इब्राइम जर्दानले नटआउट ६४ रन बनाए । एसिया कपबाट अफगानिस्तान र भारत दुबै देश यसअघि नै बाहिरिइसकेका छन् ।

फाइनलमा श्रीलंका र पाकिस्तानका बिचमा प्रतिस्पर्धा हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *