समाचार

बायर्नको विजयी सुरुवात

काठमाडौं । युइएफए च्याम्पियन्स लिगको समूह चरणमा जर्मन क्लब बायर्न म्युनिखले विजयी सुरुवात गरेको छ ।

मिलानोमा बुधबार राति भएको खेलमा म्युनिखले इटालियन क्लब इन्टर मिलानलाई २–० गोल अन्तरले पराजित गरेको हो । बायर्नको जितमा लिरोए सानेले एक गोल गर्दा एक गोल उपहार पाएको थियो ।

यस जितसँगै बायर्नले पहिलो खेलमै ३ अंक जोडेको छ । समूह सी को बायर्न तालिकाको दोस्रो स्थानमा रहेको छ ।

यही समुह ‘सी’ को अर्को खेलमा रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकमा क्याटलान क्लब बार्सिलोनाले भिक्टोरिया प्लेजेन ५–१ ले पराजित गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *