खेलकुद

नापोलीसँग लिभरपुलको लज्जास्पद हार

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत समुह चरणको पहिलो खेलमा लिभरपुल इटालियन क्लब नापोलीसँग स्तब्ध भएको छ ।

गएराती सम्पन्न खेलमा नापोलीले लिभरपुललाई ४-१ गोल अन्तरले पराजित गरेको छ ।

नापोलीको जितमा पिटर जिएलिन्सकीले २ गोल गरेका थिए भने आन्द्र्रे फ्रान्क जाम्बो र गिओभानी सिमोनेले एक एक गोल गरेका थिए ।

नापोलीले पहिलो हाफमा ३-० को अग्रता लिएकोमा दोस्रो हाफमा एक गोल थपेको थियो । त्यस्तै लिभरपुलका लागि लुइस डियाजले एक गोल गरेका थिए ।

त्यस्तै समुह ए अन्तर्गतको अर्को खेलमा अयाक्सले रेन्जर्सलाई ४-० गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगमा विजयी शुरुवात गरेको छ ।

समुह चरणको पहिलो खेलपछि समुह ए मा नापोली र अयाक्सले ३-३ अंक हासिल गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *