खेलकुद

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ । केन्या भ्रमण सकेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएका छन् ।

नेपाली टोली बुधवार बिहान स्वदेश फर्किएका हुन् । नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले स्वागत गरेका थिए । नेपालले केन्याविरुद्ध टी–ट्वान्टी र एक दिवसीय सिरिज खेलेको थियो ।

नेपालले घरेलु टोलीविरुद्धको ५ खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको थियो । यस्तै ३ खेलको एक दिवसीय सिरिज ३–० ले क्लिन स्लिप गरेको थियो । स्वदेश फर्किए लगतै एक दिवसीय सिरिजको कप्तान सम्हालेका रोहित कुमार पौडेल प्रतियोगितामा नयाँ अनुभव प्राप्त भएको बताए । उनले आफूले कप्तानको भूमिकामा सबै खेलाडीको साथ पाएको बताए ।

त्यस्तै खेलाडी ज्ञानेन्द्र मल्लले जुनसुकै भूमिकामा पनि देशका लागि खेल्दा खुसी नै लागेको बताए । लामो समयपछि टिममा जोडिँदा सुरुमा केही कठिनाइ भए पनि सन्तोषजनक खेल प्रदर्शन गरेको उनको भनाई छ ।

नेपाल फर्किएका खेलाडी अब नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट खेलका लागि आ–आफ्नो टोलीसँग जोडिने तयारी गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *