समाचार

४५ वर्ष सजाय सुनाइएकी साउदी महिलाले राजाविरुद्ध के पोस्ट गरेकी थिइन् ?

रियाद । साउदीमा एक साताअघि समाजिक सञ्जालमा विवादास्पद सामग्री पोस्ट गरेको भन्दै एक महिलालाई ४५ वर्षको सजाय सुनाइएको थियो । तर, उक्त सजाय पाउने गरी उनले के पोस्ट गरेकी थिइन् भनेर खुलाइएको थिएन् । मंगलबार भने सरकारले महिलाले पोस्ट गरेको सामग्री र उनीमाथि लगाइएको आरोपबारे खुलासा गरेको छ ।

महिलालाई राजा सलमान र युवराज मोहम्मद बिन सलमानको धर्म र न्यायलाई चुनौती दिन ट्विटर प्रयोग गरेको अभियोग लगाइएको छ ।

पाँच सन्तानकी आमा नुराह अल–काहतानीलाई साउदी अधिकारीहरूले दुरासयपूर्ण सामग्री पोस्ट गरेकोमा गत हप्ता जेल सजाय सुनाइएको थियो । उक्त सजायले पश्चिम देशले निन्दा गरेको थियो । अल काहतानीले अधिकारीहरूको अपमान गर्न र सुरक्षा मुद्दामा विचाराधीन बन्दीहरूलाई रिहाइका लागि ट्वीटर प्रयोग गरेको आरोप लागेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *