खेलकुद

एसिया कपमा श्रीलंकासँग भारत पराजित, फाइनल पुग्ने सम्भावना कमजोर

काठमाडौं । एसिया कपमा श्रीलंकाले भारतलाई पराजित गरेको छ ।

दुबईमा भएको खेलमा भारतलाई ६ विकेटले पराजित गरेको हो । भारतले दिएको १७४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ४ विकेटको क्षतिमा १ बल बाँकी छँदै भेटाएको हो ।

भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ७२ रन बनाए । पूर्वकप्तान विराट कोहली भने शुन्य रनमा आउट भए ।

श्रीलंकाका लागि पथुम निशान्काले ५२ रन बनाए भने कुशल मेन्डिजले ५७ रन बनाए । पराजित भएसँगै भारत फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ । शुक्रबार हुने अफगानिस्तासँगको खेलमा ठुलो अन्तरले विजयी हुँदा मात्रै भारत फाइनल पुग्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *