खेलकुद

एसिया कपमा जित्नैपर्ने दबाबमा श्रीलंकासँग भिड्दै भारत

एसिया कपमा फाइनलमा स्थान बनाउनका लागि संघर्षरत रहेको भारत मंगलबार शीर्ष ४ को दोस्रो भेटमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दै छ।

पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको भारत दोस्रो खेलमा श्रीलंकालाई पराजित गर्न नसके प्रतियोगिताको फाइनल पुग्न असफल हुनेछ।

आफ्नो पहिलो खेलमा श्रीलंकाले अफगानिस्तानलाई पराजित गरेकाले श्रीलंका भने भारतविरुद्ध जित निकाल्दै फाइनलनजिक पुग्न चाहन्छ। भारतका लागि भने बाँकी खेलमा जित निकाल्दै फाइनल यात्रालाई सुरक्षित गर्नुपर्ने दबाब रहेको छ।

दुबई अन्तरराष्ट्रिय मैदानमा हुने खेलमा स्पिनर हावी हुने संभावना बलियो छ। यस्तोमा युएईको यो मैदानमा पनि टस जित्ने टिमले पहिले बलिङ गर्ने संभावना बलियो छ।

भारत र श्रीलंकाले अहिलेसम्म एक अर्काविरुद्ध २५ पटक प्रतिस्पर्धा गर्दा भारतले १७ खेलमा जित निकालेको छ भने श्रीलंका ७ खेलमा मात्र विजयी भएको छ। १ खेल बिना रिजल्ट सकिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *