समाचार

इन्द्रजात्राको पहिलो दिन राष्ट्रपति र प्रधानमन्त्रीले कुमारी,गणेश र भैरवको दर्शन गर्ने

काठमाडौं ।इन्द्रजात्रा व्यवस्थापन समितिले इन्द्रजात्राको पहिलो दिन राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री शेरबहादुर देउवा,उपराष्ट्रपतिलगायत कूटनीतिज्ञहरूले कुमारी,गणेश र भैरवको दर्शन गर्ने कार्यक्रम रहेको जनाएको छ।

सोमबार समितिले एक विज्ञाप्ति जारी गर्दै हनुमान ढोका दरबारमा उपस्थित भई दर्शन गर्ने कार्यक्रम रहेको जनाएको हो। समितिले भदौ २२ गते बुधबार बिहान ७:१७ बजेको शुभ साइतमा ३३ फुटे इन्द्रध्वजोत्थान गरी जात्रा सुरुकाे संकेत गरिने जनाएको छ। इन्द्रजात्रा भदौ २४ गते परेको छ।

त्यस्तै, समितिका अनुसार भदौ २९ गते अन्तिम दिन राष्ट्रपतिबाट टीका ग्रहण गर्ने र राति ७ ३३ बजे इन्द्रध्वज पतन गरी जात्रा समापन गरिने कार्यक्रम छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *