खेलकुद

एशिया कपमा आज भारत र पाकिस्तानको भिडन्त

काठमाडौँ । जारी एशिया कप अन्तर्गत सुपर फोरमा आज चिरपरिचित प्रतिद्वन्दी भारत र पाकिस्तानबीच भिडन्त हुदै छ । यस अघि समुह चरणमा भारतले पाकिस्तानलाई पराजित गरेको थियो ।

यसै एशिया कपमा दोस्रो पटक हुन लागेको भारत र पाकिस्तानबीचको यो खेल नेपाली समय अनुसार राति ७:४५ बजे देखि शुरू हुने छ ।

भारत र पाकिस्तानलाई क्रिकेट खेलकै सबैभन्दा ठुला प्रतिद्वन्दी मानिन्छ । यस एशिया कपमा भारतले समुह चरणमा पाकिस्तान र हङकङलाई पराजित गरेर सुपर फोरमा पुगेको हो भने पाकिस्तानले हङकङलाई पराजति गरेर सुपर फोरको यात्रा तय गरेको हो ।

टी-२० अन्तर्राष्ट्रिय खेलमा भारत र पाकिस्तानबीच अहिलेसम्म १० खेल भएका छन् । जसमा भारतले ८ खेल जितेको छ भने पाकिस्तानले २ खेलमा जित हासिल गरेको छ ।

त्यस्तै पछिल्ला ५ खेलमा भारतले ४ खेल जितेको छ भने पाकिस्तानले एक खेलमा जित हासिल गरेको छ ।

पाकिस्तानविरुद्धको खेलअघि भारतीय टिममा भने केहि परिवर्तन हुने भएको छ । भारतका अलराउन्डर रविन्द्र जडेजा घाइते भएर टिम बाहिर भएका छन् भने तिब्र गतिका बलर आभेस खान पनि यो खेलमा खेल्ने छैनन् ।

यस खेलमा स्पिनर आर आश्विनले खेल्ने मौका पाउने सम्भावना रहेको बताइएको छ ।

एशिया कपमा दुवै देशका खेलाडीहरू

भारत: रोहित शर्मा (कप्तान), केएल राहुल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त, दीपक हुडा, दिनेश कार्तिक, हार्दिक पाण्डेय, अक्षर पटेल, आर अश्विन, युजवेन्द्र चहल, रवि बिश्नोई, भुवनेश्वर कुमार, अर्शदीप सिंह, आवेश खान ।

पाकिस्तानः बाबर आजम (कप्तान), शाडाब खान, आसिफ अली, फखर जमान, हैदर अली, हरिस रउफ, इफ्तिखार अहमद, खुशदिल शाह, मोहम्मद नवाज, मोहम्मद रिजवान, नसीम शाह, उस्मान कादिर, मोहम्मद हसनैन, हसन अली ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *