खेलकुद

नेपालले केन्यालाई दियो २३१ रनको लक्ष्य

काठमाडौँ । नेपालले केन्यालाई २३१ रनको लक्ष्य दिएको छ । जारी एकदिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले केन्यालाई २३१ रनको लक्ष्य दिएको हो ।

टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ४९.२ ओभरमा अल आउट हुदै २३० रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ७८ रन बनाएका थिए । त्यस्तै देव खनालले ३७ रन बनाए भने सोमपाल कामीले २६, ज्ञानेन्द्र मल्लले २५, बसित अहमदले १७, आदील अन्सारीले १४, करण केसीले ११ रन बनाएका थिए । त्यस्तै अर्जुन साउदले ५, दिपेन्द्र सिंह ऐरी र पवन सराफले २-२ रन बनाएका थिए ।

त्यस्तै केन्याका बलरनेहेमीआह ओढीआम्बो, भिराज पटेल र शेम एंगोचेले २-२ विकेट लिएका थिए ।

३ खेलको सिरिजमा पहिलो खेलमा नेपालले जितेर १-० को अग्रता बनाएको छ । यो खेल जितेमा नेपालले एक खेल अगाडी नै सिरिज जित्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *