काठमाडौं । अफगानिस्तानको हेरात सहरको एक मस्जिद बाहिर आत्मघाती विष्फोट भएको छ । शुक्रबार भएको यो विष्फोटमा परी तालिबान समर्थक एक नेताको मृत्यु भएको छ । यो आक्रमणमा समग्रमा १८ जनाको मृत्यु भएको छ ।
अधिकारीहरुका अनुसार विष्फोटमा परी मृत्यु हुनेमा तालिबानको समर्थकको रुपमा चिनिने मुजीब रहमान अन्सारी र उनको भाइ पनि रहेका छन् । तालिबानले यो आक्रमणको निन्दा गर्द यसलाई भयावह र कायरतापूर्ण आक्रमण भएको बताएको छ । यो आक्रमणमा कसको हात छ भन्ने अहिलेसम्म नखुलेको तालिबानले बताएको छ ।
अहिलेसम्म यो आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन । तर, यसअघि आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस)ले मुजीब रहमान अन्सारीलाई धम्की दिँदै भिडियो सार्वजनिक गरेको थियो ।




