खेलकुद

नेपाललाई केन्याको मध्यम लक्ष्य

काठमाडौं । पहिलो एकदिवसीय खेलमा घरेलु टोली केन्याले नेपाललाई मध्यम रनको लक्ष्य दिएको छ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको केन्याले ५० ओभरमा १० विकेट गुमाउँदै २१८ रन बनाएको हो ।

केन्याका लागि रकिप पटेलले ६७ र कोलिन्स ओबुयाले ६२ रन बनाएर अर्धशतकीय इनिङ खेले । ईफ्रान करिमले ३१ तथा सचिन बुदियाले २७ रन बनाए ।

नेपालका लागि सोमपाल कामी र करण केसीले समान ३/३ विकेट लिए । आदिल आलम र पवन सर्राफले समान १/१ विकेट लिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *