विश्व

फिलिपिन्समा कोरोना सङ्क्रमणबाट ५० जनाको मृत्यु

मनिला । फिलिपिन्समा बुधबार थप ३, ७६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै सङ्क्रमितको कुल संख्या ३, ८८३, ९५७ पुगेको छ ।

यहाँको स्वास्थ्य विभागले दिएको जानकारी अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २२, २५९ पुगेको छ ।

त्यसैगरी सङ्क्रमणको जटिलताबाट थप एकै दिनमा ५० जना बिरामीको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या ६१, ८६४ पुगेको छ ।

करिब ११ करोड जनसङ्ख्या भएको फिलिपिन्समा ७ करोड २५ लाखभन्दा बढी मानिसहरूलाई कोरोना विरुद्धको पूर्ण मात्राको खोप लगाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *