खेलकुद

टोउलोउसविरुद्ध पिएसजीको सहज जित

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले टोउलोउसविरुद्ध सहज जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा पिएसजीले टोउलोउसलाई ३-० गोल अन्तरले पराजित गरेको हो । पिएसजीको जितमा नेइमार, किलियन एम्बाप्पे र जुआन बेर्नाटले एक एक गोल गरेका थिए ।

यो पिएसजीको यस सिजनको लिगमा चौथो जित हो । ५ खेलमा ४ जित र एक बराबरी खेलेको पिएसजीको ५ खेलमा १३ अंक भएको छ र अंकतालिकामा शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै टोउलोउसको ५ खेलमा ५ अंक रहेको छ र अंक तालिकामा १३औं स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *