समाचार

बंगलादेशलाई पराजित गर्दै अफगानिस्तान एशिया कपको सुपर फोरमा

काठमाडौँ । जारी एशिया कपअन्तर्गत अफगानिस्तानले लगातार दोस्रो खेलमा जित हासिल गर्दै सुपर फोरमा आफ्नो स्थान सुरक्षित गरेको छ ।


अफगानिस्तानले मंगलबार सम्पन्न खेलमा बंगालदेशलाई ७ विकेटले पराजित गर्दै एशिया कपको सुपर फोरमा पुगेको हो ।

बंगलादेशले दिएको १२८ रनको लक्ष्य पछाएको अफगानिस्तानले १८.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

अफगानिस्तानका लागि नाजिबुल्लाह जर्दानले अविजित १७ बलमा ४३ रन बनाएका थिए भने इब्राहिम जर्दानले अविजित ४२ रन बनाएका थिए । त्यस्तै हजरातुल्लाह जजईले २३ र रहमानुल्लाह गुर्बाजले ११ र कप्तान मोहमद नावीले ८ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाउदै १२७ रन मात्र बनाएको थियो । अफगानिस्तानका लागि मुजिब उर रहमान र राशिद खानले ३-३ विकेट लिएपछि बंगालदेश १२७ मा सिमित भएको थियो ।

यो जितपछि अफगानिस्तान सुपर फोरमा पुग्ने पहिलो टिम बनेको छ । अफगानिस्तानले यस अघि पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *