खेलकुद

रोमाको जितमा डिबालाको २ गोल

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत एएस रोमाले मोन्जामाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रोमाले मोन्जालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

रोमाको जितमा पाउलो डिबालाले २ गोल गरे भने रोजर इबानेजले एक गोल गरेका थिए ।

डिबालाले खेलको १८औँ र ३२औँ मिनेटमा गोल गरेका थिए भने इबानेजले ६१औँ मिनेटमा गोल गरेका थिए ।

यो जितपछि रोमा इटालियन सिरी ए को शिर्ष स्थानमा उक्लिएको छ । रोमाको ४ खेलमा १० अंक रहेको छ ।

त्यस्तै मोन्जाले भने अहिलेसम्म खेलेका चारै खेलमा हार बेहोरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *