समाचार

नेपालले जित्यो केन्यासँगको टि–२० सिरिज

काठमाडौं । केन्यासँगको ५ खेलको टि–२० सिरिज नेपालले जितेको छ । सिरिजअन्तर्गत आज भएको अन्तिम टि–२० खेलमा नेपालले केन्यालाई ३१ रनले पराजित गरेसँगै सिरिज हात पारेको हो ।

नेपालले दिएको १७६ रनको लक्ष्य पछ्याएको केन्याले निर्धारित ओभरमा ७ विकेट गुमाएर १४४ रन मात्रै बनाउन सक्यो । नेपालका लागि पूर्वकप्तान ज्ञानेन्द्र मल्लले ५९ रन बनाए । ज्ञानेन्द्रले ४४ बलमा ५ चौका र दुई छक्का प्रहार गरे । त्यस्तै, नेपालका अर्का ओपनर अर्जुन साउदले २९ रन बनाए ।

दिपेन्द्र सिंह ऐरीले २२ रन बनाए भने रोहित पौडेलले ४७ रन बनाए । योसँगै टि–२० सिरिज सकिएको छ भने नेपाल र केन्याबिचको ३ खेलको एकदिवसीय सिरिज शुक्रबार सुरु हुँदैछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *