समाचार

पाकिस्तानमा एक दशकयताकै ठूलो वर्षा : १,१३६ जनाको मृत्यु

इस्लामबाद । पाकिस्तानको एक तिहाइ भूभाग ऐतिहासिक बाढीबाट पूरै डुबेको त्यहाँका जलवायुमन्त्रीले बताएका छन् । विनाशकारी बाढीले सडक, घर र बालीहरू बगाएको छ । ड

‘यो सबै एउटै ठूलो महासागर हो, पानी बाहिर निकाल्न कुनै सुख्खा जमिन छैन’ जलवायुमन्त्री सेरी रहमानले भनिन् । जुनमा मनसुन सिजन सुरु भएयता कम्तीमा १,१३६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

ग्रीष्मकालीन वर्षा एक दशकमा सबैभन्दा ठूलो रेकर्ड गरिएको छ र सरकारले जलवायु परिवर्तनलाई दोष दिएको छ । ‘पाकिस्तानको एक तिहाइ भूमि अहिले पानीमुनि छ, जुन हामीले विगतमा देखेका हरेक सीमाना, हरेक मापदण्ड नाघेको छ’ रहमानले भनिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *