मुख्य समाचार

बेलायतको सबैभन्दा ठुलो युद्धपोत बिग्रियो

लन्डन । बेलायतको सबैभन्दा ठूलो युद्धपोत बेलायतको एचएमएस प्रिन्स अफ वेल्स विमानवाहक जहाज दक्षिणी इङ्गल्याण्डको पोर्ट्समाउथ बन्दरगाहबाट बाहिरिने बित्तिकै बिग्रिएको बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सन् २०१७ मा पहिलो पटक लन्च गरिएको सो विमान वाहक शनिबार दिउँसो पोर्ट्समाउथबाट पाल छोडेको केही समयपछि बिग्रिएको जनाएको छ ।

“एचएमएस प्रिन्स अफ वेल्स दक्षिण कोस्ट एक्सरसाइज एरियामा रहेको र हाल अनुसन्धान चलिरहेको,” रोयल नेवीका प्रवक्ताले युके डिफेन्स जर्नललाई बताएका छन् ।

रोयल नेवीले अब “त्यस विमानबाहकको इन्जिनमा देखिएका अन्य मुद्दामा अनुसन्धान गरिरहेको,” प्रवक्ताले द गार्डियनलाई उद्धृत गर्दै जनाएका छन् ।

सो विमान वाहाक ३.५-बिलियन अमेरिकी डलर बराबार मूल्यको रहेको र ६५,००० टन वजनको रहेको बताइएको छ । युद्धपोत संयुक्त राज्य अमेरिकामा चार महिनाको तैनाथीको लागि प्रस्थान गर्दै थियो तर बिग्रिएपछि अहिले आइल अफ वाइट नजिकैको दक्षिणी तटीय अभ्यास क्षेत्रमा अड्किएको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *