खेलकुद

अलमुताइरीको घमण्डका कारण नेपालले ९ लाख रूपैयाँ जरिवाना खेप्नु प¥यो

काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ७ हजार अमेरिकी डलर (९ लाख १ हजार ६ सय ५१ रूपैयाँ) आजको विनिमयदर अनुसार जरिवाना गरेको छ ।

कुवेतमा भएको एएफसी एसियन कप २०२३ अन्तर्गत तेस्रो चरणको छनोतअन्तर्गत इन्डोनेसियाविरूद्धको खेलमा गत असार १ गते नियमविपरित काम गरेको भन्दै नेपाललाई जरिवाना तोकेको छ ।

आज एएफसीको अनुशासन समितिले  जरिवाना गर्ने निर्णय सार्वजनिक  गरेको छ । 

एएफसीले नेपाललाई दुई छुट्टा छुट्टै शीर्षकमा जरिवाना गर्नुको मुख्य कारण जरिवाना प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीका कारण भएको बताइएको छ ।

इन्डोनेसियाविरूद्धको तेस्रो खेलका क्रममा अलमुताइरी नेपालको ड्रेसिङ रुममा प्रवेश गरेका कारण नेपाललाई जरिवाना गराएको हो । खेलमा अलमुताइरीलाई जोर्डन र कुवेतविरुद्धको खेलमा लगातार पहेँलो कार्ड पाएपछि इन्डोनेसियाविरुद्धको खेलमा प्रतिबन्ध लगाइएको थियो । नेपालको ड्रेसिङ् रुम तथा मैदानमा समेत अलमुताइरी प्रवेश गरेका थिए ।

सो कारण एएफसीले एन्फालाई ६ हजार अमेरिकी डलर जरिवानामा पर्नु परेको छ । जसमा १५ सय डलर ९० दिनभित्र तिर्नु पर्नेछ भने ४५ सय डलर दुई वर्षका लागि रोक्का गरिने बताइएको छ ।

यसैगरि एएफसीले एन्फालाई थप एक हजार डलर जरिवाना गरेको छ। खेलको समयमा नेपाली टिम इन्डोनेसियाविरुद्धकै खेलमा पहिलो हाफमा ढिलो मैदान छिरेकोप्रवेश गरेको कारण देखाइएको छ ।

एक हजार डलरमध्ये २५० डलर ९० दिनभित्र बुझाउनु पर्ने र ७५० डलर दुई वर्षसम्म रोक्का हुने जनाइएको छ । खेलको नियमविपरित दुई वर्षभित्रमा यस्तै गल्ती गरेको अवस्थामा ७५० जफत हुने र थप जरिवाना गराइने समेत जनाइएको छ ।

७ हजार डलरको जरिवाना खेप्न परेको इन्डोनेसियाविरूद्धको खेलमा नेपाल ७–० गोलको फराकिलो अन्तरले पराजित भएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *