खेलकुद

सिरिज कब्जा गर्ने योजनासहित केन्यासँग खेल्दै नेपाल

काठमाडौं । नेपाल र केन्याबीच आज चौथो टी ट्वेन्टी खेल हुँदैछ ।

खेल नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा दिउँसो ३ः४५ बजे सुरु हुनेछ । श्रृंखलामा नेपाल २–१ ले अघि छ । आजको खेल पनि जितेमा १ खेल बाँकी हुँदै नेपालले श्रृंखला कब्जा गर्नेछ ।

यसअघि पहिलो खेलमा नेपालले केन्यामाथि ५ विकेटको जित निकालेको थियो । दोस्रोमा केन्या १८ रनले विजयी भयो । आइतबार भएको तेस्रो खेलमा नेपालले ४ विकेटको जित निकालेको हो ।

आजको खेल केन्याले जितेमा श्रृंखला विजेता पाउन अन्तिम खेल कुर्नुपर्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *