कला/साहित्य

मोतिराम जयन्तिमा नेपालको पुस्तक सार्वजनिक


काठमाडौं ।  कुशीऔँशी तथा मोतिराम जयन्तिका अवसरमा घुम्ती कवि गोष्ठी नेपालद्वारा आयोजित शनिवार  एक कार्यक्रममा लेखक नारायण नेपालको नौलो कृति हालसालै लोकार्पित गरेको छ  ।

कपन काठमाण्डुस्थित यात्री पुस्तकालयमा मोतिराम सम्झनाविशेष रचना वाचन कार्यक्रमका विच वेदान्तअनुवादक तिलक लुइटेलका बाहुलीबाट दाजु-बहिनीका कुराु नामक एक बाल उपन्यास सार्वजनिक गरेको हो ।

घुम्ती कविताका अध्यक्ष रामकुमार पण्डित, गीतकार विसु केसी, कवि कृष्णप्रसाद बस्याल अनि कवि विनोद दाहाल वत्सलगायतका व्यक्तित्वहरूको सिर्जना वाचन तथा श्रवण गरेको थियो । पुस्तकालयका कार्यकारी कवि त्रिलोचन आचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा रामचन्द्र दाहाल, दुर्गा भ्रमरकोटे, निबन्ध आचार्य, ओमकारप्रकाश नेपाल, सुशील पोख्रेल, मोहन कार्की, मिसन अधिकारी अनि किशोर श्रेष्ठलगायतका व्यक्तिहरूको उपस्थिति थियो । पुनश्चः भुँडीपुराण प्रकाशनबाट आएको सो पुस्तक फरक रूपमा बालमनोविज्ञान बुझ्ने र बुझाउने साहित्यिक कडी हुनसक्ने लेखकको भनाइसहित समारोहको बिट मारिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *