खेलकुद

फिफाले भारतमाथि लगाएको प्रतिबन्ध हटायो

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेशन (एआईएफएफ) माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।

फिफाले पत्र लेखेर भारतको फुटबल सङ्घलाई अनिश्चितकाल सम्मका लागि लगाएको प्रतिबन्ध फुकुवा गरेको जनाएको हो ।
प्रतिबन्ध फुकुवासँगै आउँदो अक्टोबरमा तय भएको १७ वर्षमुनिको महिला विश्व कप पनि भारतमै हुनेछ । त्यस्तै भारतले अब नेपालमा हुने महिला साफ च्याम्पियनसिप पनि खेल्न पाउनेछ ।

फिफाले गएको साउन ३० गते एआईएफएफमा बाहिरी शक्ति हावी भएको भन्दै प्रतिबन्ध लगाएको थियो । भारतले गएको मंगलबार फिफाले राखेका मागलाई स्वीकार गरेको ब्यहोरासहित प्रतिबन्ध फुकुवाका लागि पत्र लेखेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *