समाचार

मृतक मजदुरका परिवारलाई ५ लाख

संखुवासभा । चैनपुर नगरपालिका वडा नं. १ स्थित याङ्सिजुङ्ग निदुवा खोलको झोलुगे फुल निर्माणको क्रममा मुत्यु हुने मजदुर नुर्वु शेर्पाका परिवारले ५ लाख प्रदान गरेको छ ।


पुल निर्माणको क्रममा मृत्यु भएका मजदुरका परिवारलाई लुम्विनी जनरल इइन्स्योरेन्सले ५ लाख रुपैया भुक्तानी गरेको हो । झोलुगे पुल निर्माण गर्दा मृत्यु भएका मृतकका बाबु लाक्पा तेन्जी शेर्पालाई ५ लाख रुपैयाको चेक एक कार्यक्रमका बीच लुम्बिनी इन्स्योरेन्स कम्पनीका कार्यकारी अधिकृत नवराज तिम्सिना र पूर्वाधार विकास कार्यलय संखुवासभाका प्रमुख शैलेन्द्र सिंहले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।


पूर्वाधार विकास कार्यलयले चैनपुर –१ र याङ्सिजुङ्ग र मादी–९ को फाविङ गाउँ जोडने निदुवा खोलामा बनेको झोलुङगे पुल गत २०६८ पौष ६ गते सम्झौता भई निर्माणको क्रममा गत बैशाख १६ गते पुलको लठ्ठा मिलाउने क्रममा भिरबाट लडेर मजदुर शेर्पाको मृत्यु भएको थियो । मृतक शेर्पाका बाबुलाई संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाको रोहबरमा उक्त ५ लाख रुपैयाको चेक प्रदान गरिएको पूर्वधार विकास कार्यलयका प्रमुख शैलेन्द्र सिंहले बताए ।


निदुवा खोलामा निर्मित उक्त झोलुङ्गे पुल २०७९ आषाढ ६ गते सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका प्रमुख सिंहले बताए ।

५१
लाख ७२ हजार १ सय ६२ रुपैयाको लागतमा सम्पन्न झोलुङ्गे पुलको लम्बाई ८५.५ मिटर रहेको छ । उक्त झोलुङ्गे पुल निर्माण सम्पन्न भएपछि १५ सय घरधुरी लाभान्वित भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *