खेलकुद

केन्याले दियो नेपाललाई १३५ रनका लक्ष्य

काठमाडौं। केन्याविरुद्धको दोस्रो टि–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा नेपालले जितका लागि १३५ रनको लक्ष्य पाएको छ। नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको केन्याले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोड्यो।

केन्याका लागि राकेप पटेलले सर्बाधिक ३५ रन जोडे। २५ बलको सामना गरेका उनले चार चौका र एक छक्का प्रहार गरे ।यस्तै नेहेम्याह ओधियाम्बोले ३१ तथा ईर्फान करिमले २२ रनको योगदान गर्दा कोलिन्स ओबुयाले ९ रन जोडे।

केन्यालाई सस्तैमा समेट्ने क्रममा नेपालका दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछानेले समान ३÷३ तथा विकेट लिए।

यस्तै, करण केसीले २ तथा पवन सर्राफले एक विकेट हात पारे। पहिलो खेलमा केन्याबिरुद्ध ५ विकेटको जित निकालेको नेपाल दोस्रो जितको खोजिमा छ ।केन्या भने पहिलो जित निकाल्दै सिरिजमा फर्किने लक्ष्यमा छ । नेपालले केन्याविरुद्ध तेस्रो खेल १२ भदौमा खेल्नेछ।

त्यस्तै दुई टोलीबीच चौथो टी–२० भदौ १३ मा हुँदा अन्तिम टी–२० १४ भदौमा हुने छ। टी–२० सिरिज पछि नेपालले घरेलु टोलीसँग तीन खेलको एकदिवसीय सिरिज खेल्ने कार्यतालिका छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *