भक्तपुर । चाँगुनारायण र सूर्यविनायक नगरपालिकाको संयुक्त लागत साझेदारीमा खरिद गरिएको दमकल जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरलाई हस्तान्तरण गरिएको छ । चाँगुनारायण र सूर्यविनायक नगरपालिकाको संयुक्त लागत साझेदारीमा जिल्ला समन्वय समिति भक्तपुरको समन्वयमा खरिद भएको नयाँ दमकल जुद्ध बारुण यन्त्र कार्यालय हस्तान्तरण गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय भक्तपुर र जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको माग बमोजिम खरिद गरिएको दमकल शुक्रबार एक कार्यक्रमका बीच जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुलाई हस्तान्तरण गरिएको छ ।
दमकल हस्तान्तरण समाहरोहमा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख इश्वबहादुर थापा,चागुनारायण नगरपालिका नगर प्रमुख जीवन खत्री,जिल्ला समन्य समिति उपप्रमुख सुजाता बाडे(बैद्य) काे उपस्थिति थियो । यसै गरि दमकल हस्तान्तरण समारोहमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा,जिल्ला समन्वय अधिकृत जगन्नाथ लामिछाने,सूर्यविनायक नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद कडेल,जिल्ला पहरी परिसर भक्तपुरका प्रहरी नायव उपरिक्षक राजु पाण्डे र जुद्द बारुण यन्त्र कार्यालय भक्तपुरका प्रमुख विजय प्रसाद धौभडेलका साथै विभिन्न क्षेत्रमा कार्यररत सरोकारवाला पक्षको उपस्थिति थियो ।




