समाचार

नेपाल दोस्रो जितको खोजीमा

काठमाडौं । नेपालले केन्यासँगको पाँच टी-२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेल आज खेल्दैछ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोली केन्याको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

नेपाल दोस्रो जितको खोजीमा छ । बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । पाँच खेलको सिरिजमा नेपाल १-० ले अघि रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *