खेलकुद

‘यूईएफए प्लेयर अफ दि इयर’ अवार्ड रियल मड्रिडका करिम बेन्जिमालाई

काठमाडौं ।स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड करिम बेन्जिमाले ‘यूईएफए प्लेयर अफ दि इयर’ को अवार्ड हात पारेका छन् । यूईएफए च्याम्पियन्स लिग फुटबलमा गएको सिजन उत्कृष्ट खेलाडी बन्दै बेन्जिमाले अवार्ड जितेका हुन् । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले हिजो बेन्जिमालाई अवार्ड प्रदान गरेको हो ।

बेन्जिमाले म्यानचेस्टर सिटीका केभिन डे ब्रुएना र रियलकै थिवाउट कोर्टुवालाई पछि पार्दै अवार्ड जित्न सफल भए । महिलातर्फको ’प्लेयर अफ दि इयर’ अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले प्राप्त गरेकी छन् ।

पुरुषको ‘कोच अफ दि इयर’ को अवार्ड रियल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले जितेका छन् । एन्सेलोटीले म्यानचेस्टर सिटीका पेप ग्वार्डीओला र लिभरपुलका योर्गेन क्लोपलाई पछि पारे । एन्सेलोटीले गएको सिजन रियललाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि दिलाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *