समाचार

केन्याविरुद्ध नेपालको सहज जीत

काठमाडौं । केन्याविरुद्धको पहिलो टी–ट्वान्टी क्रिकेटमा नेपालले सहज जित निकालेको छ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा बिहीबार नेपालले केन्यालाई ५ विकेटले हराएको हो । केन्याले दिएको १ सय ३१ रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गरेको हो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३३ रन बनाउँदा आरिफ शेख २४ रन, आदील अन्सारी २ रन बनाए । ज्ञानेन्द्र मल्लले २३ रन जोड्दा आसिफ शेखले १९ रन बनाए । रोहित पौडेल १३ रनमा आउट भए ।

नेपालले भोलि दोस्रो टी–ट्वान्टी खेल खेल्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *