खेलकुद

केन्याले नेपाललाई दियो सामान्य लक्ष्य

काठमाडौं । पाँच टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा केन्याले नेपाललाई सामान्य रनको लक्ष्य दिएको छ ।

जिमखाना क्लब मैदानमा चलिरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ७ विकेट गुमाउँदै १३० रन बनाएको हो ।

केन्याका लागि दुवै ओपर सस्तैमा आउट भएका छन् । ओपनरद्वय एलेक्स ओबान्डा र कोलिन्स ओबुयाले क्रमश: ६ र १२ रन जोडे । विकेटकिपर इरफान करिमले ३४ रन बनाउँदा राकेप पटेलले ९, नेल्सन ओधियाम्बोले १९, सचिन भुडियाले १७, लुकास ओलुओचले ३०, नेहेम्याह ओधियाम्बोले १ रन बनाए । शेम न्गोचे डक आउट भए ।

नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए । कप्तान सन्दीप लामिछानेले दुई विकेट लिँदा आदिल अन्सारी र दीपेन्द्रसिंह ऐरीले समान एक/एक विकेट लिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *