समाचार

अमेरिकी प्रथम महिलालाई पुनः कोभिड

वासिंगटन । अमेरिकी प्रथम महिला जिल बाइडेनलाई फेरि कोभिड पोजेटिभ भएको छ । जिललाई पुनः कोभिड भएको उनका सञ्चार निर्देशक कोल्सी दोनोहुले एक विज्ञप्तिमा भने ।

यसअघि मंगलबार जिल बाइडेनले नियमित परीक्षणको क्रममा नेगेटिभ देखिएको थियो । तथापि, डेलावेयरको रेहोबोथ बीचमा बुधबार गरिएको परीक्षणमा पोजेटिभ देखिएको हाे।

प्रथम महिलालाई कुनै लक्षण नदेखिएको बताइएको छ । उनको नेगेटिभ परीक्षण नआउन्जेल उनी डेलावेरको फेम्ली बीचमा रहनेछिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *