विश्व

कङ्गोमा इबोलाका नयाँ सङ्क्रमित भेटिए

अफ्रिकी देश कङ्गोमा इबोला भाइरसका नयाँ सङ्क्रमित भेटिएका छन्। त्यहाँकाे एकजनामा सोमबार इबोला भाइरसको सङ्क्रमण भेटिएको हो।

कङ्गोको स्वास्थ्य मन्त्रालयले उत्तरी प्रान्त किभुमा एकजनामा इबोला भाइरसको सङ्क्रमण देखिएको एक विज्ञप्तिमार्फत जानकारी दिएको छ। त्यहाँ यसअघि पनि गत जुलाईमा ४६ वर्षका एकजना पुरुषमा इबोला भाइरसको सङ्क्रमण देखिएको थियो।

इबोलाकै कारण उनको यही अगष्ट १७ मा निधन भएको सो मन्त्रालयले जनाएको थियो। यसअघि पनि सन् २०१८ र सन् २०१९ मा अफ्रिकी मुलुक कङ्गोका दुई उत्तरी प्रान्त किभु र इतुरीमा इबोला भाइरसको ठूलो सङ्क्रमण भेटिएको थियो।
सो सङ्क्रमणमा परी यहाँका तीन हजार आठ सयभन्दा बढी व्यक्ति प्रभावित भएका थिए।

दुई वर्षको अवधिमा मात्र त्यहाँ दुई हजार दुई सयभन्दा बढीको निधन पनि भएको थियो। त्यस समय अफ्रिकाका अरु देशमा पनि इबोलाको सङ्क्रमण पाइएको थियो। त्यसमा परेर हजारौँ व्यक्तिले ज्यान गुमाएका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *