खेलकुद

जिम्बाबेविरुद्धको एकदिवसीय सिरिजमा भारतको क्लीन स्वीप

काठमाडौँ । भारतले जिम्बाबेविरुद्धको एकदिवसीय सिरिजमा क्लीन स्वीप गरेको छ ।

गएराती सम्पन्न सिरिजको तेस्रो खेल १३ रनले जितेपछि ३ खेलको सिरिजका तिनै खेल जितेर सिरिज क्लीन स्वीप गरेको हो ।

यस खेलमा भारतले दिएको २९० रनको लक्ष्य पछाएको जिम्बाबेले ४९.३ ओभरमा अल आउट हुदै २७६ रन बनाएपछि खेल भारतले १३ रनले जितेको थियो ।

जिम्बाबेका लागि सिकन्दर राजाले ११५ रनको शतकीय पारी खेलेपनि जित दिलाउन भने असफल रहे ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले शुभमन गिलको १३० रनको शतकीय पारीको मद्धतले ५० ओभरमा ८ विकेट गुमाउदै २८९ रन बनाएको थियो ।

योसँगै भारतले ३ खेलको सिरिज ३-० ले जितेको छ । यस खेलको प्लेयर अफ द म्याच र प्लेयर अफ द सिरिज भारतका शुभमन गिल बनेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *