खेलकुद

एटलान्टासँग मिलानको बराबरी

मिलान । एटलान्टाले १-१ को बराबरीमा रोकेसँगै डिफेन्डिङ च्याम्पियन एसी मिलानले इटालीको सिरी एमा आफ्ना लगातार सात खेलको जित क्रम गुमाएको छ ।

रुस्लान मिनिलोभ्स्कीको गोलमा एटलान्टाले अग्रता लिएपछि इस्मेल बेनसारले मिलानका लागि बराबरी गोल फर्काए । लिग तालिकामा दुई दुई खेल जितेका नेपोली र इन्टर मिलान हाल शीर्ष स्थानमा छन् ।

नेपोलीले अर्को खेलमा मोन्जालाई ४-० गोलअन्तरले पराजित गर्‍यो । यस्तै इम्पोली र फियोरेन्टिनाले गोलरहित तथा बोलोग्ना र भेरोनाले १-१ को बराबरी खेले ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *