समाचार

युरोपका विभिन्न शहरमा भिषण आँधी : तीन बालबालिकासहित १३ जनाको मृत्यु

काठमाडौं । युरोपका विभिन्न शहर भीषण आँधीको चपेटामा परेका छन् । आँधीमा परि तीन बालबालिका सहित १३ जनाको ज्यान गएको छ ।

आँधीका कारण इटाली, अष्ट्रिया, फ्रान्सका जनता प्रभावित भएका छन् । भारी वर्षासँगै आएको आँधीका कारण सडक यातायात अवरूद्ध हुनुका साथै हवाई सेवा समेत प्रभावित भएको छ । प्रतिघण्टा सरदर २ सय २४ किलोमिटरको दरले आएको आँधीले युरोपका अधिकांश शहरका रूखहरू ढलेका छन् । आँधीमा परि मृत्यु हुनेमा अधिकांश रूखले किचिएका हुन् ।

यसैबीच, फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मिनिनले आँधी प्रभावित क्षेत्रको निरीक्षण गर्दै बिस्थापित सर्वसाधारणको उचित व्यबस्थापन गरिएको जानकारी दिए । फ्रान्सका सयौं सवारीसाधान आँधीका कारण ध्वस्त भएका छन् । आँधी प्रभावितहरूलाई अस्थायी शिविर बनाई राखिएको छ । इटालीमा आँधी प्रभावितहरू राखिएको शिविर पनि ध्वस्त भएका कारण अस्थायी बसोबासको व्यबस्था गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *