काठमाडौं । जापानमा एकैदिनमा दुई लाख ५५ हजार पाँच सय ३४ जनामा कोरोना सङ्क्रमण भएको छ ।
यो सङ्ख्या हाल सम्मकै सबैभन्दा बढी हो । यसअघि एक दिनमा दुई लाख ५० हजार चार सय तीन जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
कोभिडका कारण देशभर एकैदिनमा दुई सय ८७ जनाको मृत्यु भएको छ । जापानका स्वास्थ्य अधिकारीहरूले कोरोनाको सातौ लहर शुरु भएको बताएका छन् ।




