खेलकुद

बार्सिलोना उपाधि जित्न सक्षम छ : लेवान्डोस्की

पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले बार्सिलोनाका समर्थकललाई क्लबले उपाधि जित्ने आश्वासन दिएका छन् । गत सिजन बार्सिलोना उपाधिविहीन बनेको थियो ।

पोलिस फरवार्ड लेवान्डोस्की यसै समरमा जर्मन महारथी बायर्न म्युनिखबाट क्याटलान क्लबमा अनुबन्ध भएका हुन् । क्लबको आर्थिक स्थिति कमजोर रहेपनि बार्सिलोनाले उनीसहित ५ खेलाडीलाई क्लबमा अनुबनध गरेका छ । ५ मध्ये चार खेलाडीलाई बार्सिलोनाले ला लिगामा दर्ता गरिसकेको छ । डिफेन्डर जुल्स कुन्डेको प्रक्रिया अघि बढिरहेको छ ।

‘जब मैले पहिलो जानकारी पाएँ कि बार्सिलोनाले मलाई क्लबमा ल्याउन चासो राखेको छ, मलाई सुरुदेखि नै थाहा थियो कि यो मेरो र क्लबको लागि उत्तम समय हो ।’ लेवान्डोस्कीले वल्डसँगको अन्तर्वार्तामा भने, ‘म मेरो सम्पूर्ण जीवन एउटै लिगमा खेल्न चाहन्नथें । बुन्डेसलिगामा म राम्रो महसुस गरिरहेको थिएँ, तर मलाई थाहा थियो कि ला लिगामा सर्ने र मेरो करियरमा अर्को कदम चाल्ने सही समय हो ।’

बार्सिलोना आउनु उत्तम क्षण र ठुलो चुनौती रहेको बताउँदै यसका लागि आँफु तयार रहेको बताएका छन् । ‘मेरो लागि ला लिगा खेल्ने सपना सधैं थियो र अब म यहाँ बार्सिलोनामा छु त्यसैले म धेरै खुसी छु ।’ लेवान्डोस्कीले भने, ‘म यहाँ आउन पाउँदा धेरै खुसी छु र हामी यो नयाँ सिजनको लागि पर्खिरहेका छौं ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *