सम-सामयिक

म्यानचेस्टर युनाइटेड किन्ने कुरा मजाक मात्र : एलन मस्क

काठमाडौं । विश्वकै धनाढ्य अरबपति एलन मस्कले अङ्ग्रेजी फुटबल क्लब म्यानचेस्टर युनाइटेड किन्ने कुरा मजाक भएको बताएका छन् ।

बुधबार सुरुमा उनले स्पष्ट हुनुहोस् म आधा रिपब्लिकन पार्टीको बायाँ र आधा डेमोक्रेटिक पार्टीको दायाँलाई समर्थन गर्छु भन्दै ट्विट गरेका थिए । त्यसपछि उनले म म्यानचेस्टर युनाइटेडलाई पनि किन्दै छु, तपाईलाई स्वागत छ भन्दै ट्विट गरेका थिए ।

त्यसपछि मस्कले केही समयअघि ट्विट गर्दै आफू कुनै खेल टिम नकिनिरहेको त्यो लामो समयदेखि चलिरहेको मजाक भएको बताएका छन् । ’होइन, यो ट्विटरमा लामो समयदेखि चलिरहेको मजाक हो । म कुनै खेलकुद टोली किनिरहेको छैन,’ उनले ट्विट गर्दै भनेका छन् ।

उनले थप अर्को ट्विट गर्दै भनेका छन्, ’यद्यपि, यदि त्यो कुनै टिम हुन्थ्यो भने त्यो म्यानचेस्टर युनाइटेड हुनेछ । तिनीहरू मलाई बच्चा बेला मन पर्ने टोली थियो ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *