खेलकुद

एटलेटिको म्याड्रिडको ला लिगामा विजयी शुरुवात

काठमाडौँ । स्पेनिस ला लिगामा एटलेटिको म्याड्रिडले विजयी शुरुवात गरेको छ ।

गएराती सम्पन्न ला लिगाको यस सिजनको पहिलो खेलमा एटलेटिकोले गेटाफेलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

एटलेटिको म्याड्रिडको जितमा अल्भारो मोराटाले २ गोल गरेका थिए भने एन्टोनी ग्रीजम्यानले एक गोल गरेका थिए । खेलमा तिनै गोल जोआओ फेलिक्सले असिस्ट गरेका थिए ।

योसँगै एटलेटिको म्याड्रिडले नयाँ सिजनको शानदार शुरुवात गर्दै महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *