खेलकुद

ला लिगामा रियल म्याड्रिडको विजयी शुरुवात

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले विजयी शुरुवात गरेको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले अल्मेरियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

रियलको जितमा लुकास भाजक्वेज र डेबिड अलाबाले एक एक गोल गरेका थिए । त्यस्तै अल्मेरियाका लागि लार्गी रामाजानीले एक गोल गरेका थिए ।

पहिलो हाफमा १-० ले पछि परेको रियल म्याड्रिडले दोस्रो हाफमा २ गोल गर्दै खेलमा कमब्याक जित हासिल गरेको थियो । यो जितपछि रियल म्याड्रिडले महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *