समाचार

अमेरिकी सांसदहरुको टोली ताइवान भ्रमणमा

काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएको १२ दिनपछि अमेरिकी सांसदहरूको नयाँ प्रतिनिधिमण्डल ताइवान पुगेको छ ।

पेलोसीको भ्रमणपछि अमेरिका र चीनका बिचमा तनाव बढिरहेको र चीनले ताइवान स्ट्रेटमा ठूलो सैन्य अभ्यास सुरु गरेकै बेला अमेरिकी सांसदहरुको प्रतिनिधिमण्डल ताइवान पúेको हो ।

प्रतिनिधिमण्डलले ताइवानका वरिष्ठ नेतासँग अमेरिका–ताइवान सम्बन्ध, क्षेत्रीय सुरक्षा, व्यापार र लगानी, विश्वव्यापी आपूर्ति शृङ्खला, जलवायु परिवर्तन र पारस्परिक हितका अन्य महत्वपूर्ण विषयमा छलफल गर्ने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *