काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकर नेपाल आएका छन् । आज बेलुका उनी नेपाल आएका हुन् ।
नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले नेपाली टोलीको प्रशिक्षकका रुपमा धेरै चुनौती रहेको र चुनौती स्वीकार गरेरै नेपाल आएको उनले बताए । उनले भने,‘नेपाली टोलीको प्रशिक्षकको रुपमा मलाई धेरै चुनौती छ । तर, त्यसलाई मैले स्वीकार गर्छु ।’
नेपाली टोलीमा उत्कृष्ट खेलाडी रहेको भन्दै उनले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा अब्बल बनाउन आफ्नो अनुभव सदुपयोग गर्ने बताए । उनले भने,‘म यहाँ राम्रो रिजल्ट ल्याउन चाहन्छु । नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा राम्रो बनाउन चाहन्छु ।’
प्रशिक्षक नियुक्त भएपछि उनकै प्रशिक्षणमा नेपालले केन्याविरुद्ध सिरिज खेल्दैछ ।




