विश्व

तालिबान लडाकुले महिलाको प्रदर्शनमा गरे हवाई फायर

एजेन्सी । तालिवान सत्ताको विरोधमा अफगानिस्तानको राजधानी काबुलमा अफगान महिलाहरुले विशाल प्रदर्शन गरेका छन् । महिला प्रदर्शनकारीलाई तितरबितर पार्न तालिबान लडाकुहरूले शनिबार हवाई फायर गरेका छन् । 

‘रोटी, काम र स्वतन्त्रता’ भन्दै महिलाहरु काबुलको शिक्षा मन्त्रालयको भवन अगाडि प्रदर्शनमा उत्रिएका थिए । महिलालाई तालिबान लडाकुले कुटपीटसमेत गरेका थिए । तालिबानले सत्तापलट गरेको वार्षिकीको पूर्वसन्ध्यामा महिलाले प्रदर्शन गरेका थिए । तालिबानले १५ अगस्टमा अफगान सत्ता कब्जा गरेका थिए । त्यसयता उनीहरुले महिलाहरुका अधिकार कटौती गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *