खेलकुद

डर्टमुन्डको पुनरागमन जित

काठमाडौं । बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगा फुटबलमा शुक्रबार राति फ्रेइवर्गमाथी ३-१ काे पुनरागमन जित निकालेको छ । युरोपा पार्क स्टेडियममा डर्टमुन्डले १-० ले पछि परेको स्थितिमा खेलमा पुनरागमन गरेको हो ।

डर्टमन्डको जितमा जेमी बेनो गेटेन्स, युसोउफा मौकाको र मारिअस वल्फले गोल गरे । फ्रेइवर्गका माइकल ग्रेगोरिट्सले सान्त्वना गोल गरे । लगातार दोस्रो जितसँगै ६ अंक जोडेको डर्टमन्ड शीर्षस्थानमा रहेको छ ।

पहिलो हार बेहोरेको फ्रेइवर्ग तीन अंकसहित तेस्रो स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *