लस एन्जलस।अमेरिकामा देखिएका मङ्कीपक्सका सङ्क्रमितमध्ये ९९ प्रतिशत पुरुष रहेको एक अध्ययनले देखाएको छ। अमेरिकाको सेन्टर्स् फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सनले हालै गरेको एक अध्ययनमा सो तथ्य भेटिएको बताइएको छ।
अगस्ट ५ मा सार्वजनिक गरिएको रिपोर्टमा सङ्क्रमित पुरुषबाट पुरुषमा नै सरेका पाइएको समाचारमा उल्लेख गरिएको छ। अमेरिकामा देखिएको यो भाइरसको मे १७ देखि जुलाई २२ सम्मको तथ्याङ्का गरिएको अनुसन्धानमा यो तथ्य भेटिएको हो।
अमेरिकामा पछिल्लो समयमा मङ्कीपक्सका सङ्क्रमितहरु भेटिने क्रम बढ्दो रहेको छ। अहिले विश्वका दर्जनौँ देशमा यो सङ्क्रमण भेटिएको छ र ती देशमध्ये सबैभन्दा बढी अमेरिकामा नै यसको सङ्क्रमण बढ्दो छ।
पछिल्लो तथ्याङ्कअनुसार अमेरिकामा मात्र मङ्कीपक्सका ८ हजार ९ सयभन्दा बढीमा यो सङ्क्रमण भेटिएको पाइएको छ।




