समाचार

चाँगुनारायणका मेयर खत्रीद्वारा एसईईमा उत्कृष्ठ अंक ल्याउने आदिवासी जनजाति विद्यार्थीलाई सम्मान

भक्तपुर । २८ औं विश्व आदिवासी दिवसको अवसरमा चाँगुनारायण नगरपालिकाले एसईईमा उत्कृष्ठ अंक ल्याउने आदिवासी जनजाति विद्यार्थीहरुलाई सम्मान गरेको छ । विश्व आदिवासी दिवसको अवसरमा एसईईमा उत्कृष्ठ अंक ल्याएका आदिवासी जनजाति विद्यार्थीहरुलाई नगर प्रमुख जीवन खत्रीले सम्मान गरेका हुन ।


चाँगुनारायण नगरपालिका प्रमुख खत्रीको प्रमुख अतिथ्यतमा मनाईएको कार्यक्रममा नौ वटै वडाबाट आ–आफ्नो धर्म संस्कृति,झाकी र बाजागाजासहतिको भब्य उपस्थिति थियो । संभवत सबै वडा समेटेर बिभिन्न झांकि बाजागाजाका साथ आफ्नो धर्म संस्कृत र परम्परा झल्किने गरि आयोजना गरेको यो पहिलो कार्यक्रम हो । चाँगुनारायण नगरपालिकाको आयोजनामा मनाईएको विश्व आदिवासी दिवासमा ९ वटै वडाका करिब चार सय जनाको सहभागीता थियो ।


नगर प्रमुख खत्रीले आदिवासी जनजाति विद्यार्थीहरुको थप शैक्षिक प्रगतिका लागि हौसला प्रदान गर्दै शुभकामना समेत व्यक्त गरेका थिए । आदिवासी जनजातिहरु क्ला संस्कृतिमा धनी भएको बताउदै नगर प्रमुख खत्रीले आफ्नो कला र संस्कृतिको संरक्षण गरी पहिचान थप उच्च बनाउन आग्रह गरे ।

नगर प्रमुख खत्रीले कार्यक्रममा अभिमुखिकरण गर्ने फोनिजका उपाध्यक्ष अमरध्वज लामा, साँस्कृतिक कार्यक्रमका सहभागी कलाकार, जनप्रतिनिधि, कर्मचारी,लामा गुरुहरु र सबै सहभागीलाई धन्यवाद दिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *