काठमाडौं । केन्याविरुद्ध हुने सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।
टिममा पूर्वकप्तान ज्ञानेन्द्र मल्लले कमब्याक गरेका छन् । अगष्ट २५ देखि सेप्टेम्बर ५ सम्म हुने केन्यासँग नेपालले पाँच वटा टी–ट्वान्टी र तीन वटा एकदिवसीय खेल खेल्नेछ।
नेपाली टोलीमा विकेटकिपर अर्जुन साउँदले पनि पहिलो पटक स्थान बनाएका छन् । कुशल भुर्तेल भने टिममा परेनन् ।
नेपाली टोली :
सन्दीप लामिछाने, रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, आदिल आलम, दिपेन्द्र सिंह ऐरी, पवन सर्राफ, देव खनाल, सोमपाल कामी, करण केसी, ज्ञानेन्द्र मल्ल, वसिर अहमद, अर्जुन साउँद, साहब आलम, किशोर महतो र विवेक यादव ।





