काठमाडौं । चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा असोज ६ देखि ८ गतेका लागि हुने भएको छ । नेपाल मेडिकल काउन्सिलले एक सूचना प्रकाशित गर्दै ६७औँ दर्ता परीक्षाका लागि अनलाइन आवेदन खुला गरेको छ ।
विद्यार्थीहरुले ६७औँ दर्ता परीक्षाका लागि आजदेखि भदौ २२ गतेसम्म आवेदन दिन सकिने सुचामा उल्लेख गरिएको छ ।





