काठमाडौं । बेलायती सेनाले रुसविरुद्ध लड्नका लागि मद्दत गर्ने उद्देश्यले युक्रेनी सेनालाई तालिम दिन शुरु गरेको छ । केही हप्ता चल्ने यो विशेष सैन्य तालिमका लागि दश हजार युक्रेनी सेना बेलायतमा रहने छन् ।
तालिमका लागि आएको युक्रेनी सेनाको पहिलो टोलीले बेलायतती रक्षा मन्त्री बेन वालेसलाई भेटेको त्यहाँको रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।
तालिम सञ्चालन गर्न करिब १ हजार ५० ब्रिटिश सेवा कर्मचारीहरू तैनाथ गरिएको छ ।




